जुकरबर्गको कम्पनीलाई भारतले लगायो २ अर्ब भारु जरिवाना
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी मार्क जुकरबर्गको कम्पनीलाई भारतले जरिवाना लगाएको छ । प्रयोगकर्ताको गोपनीयतासम्बन्धी मामिलामा भारतको प्रतिस्पर्धा हेर्ने नियामक सीसीआईले मेटामाथि २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना लगाएको हो ।
मेटाको सहायक कम्पनी ह्वाट्सएपले गोपनीयता नीतिमा लापरबाही गरेको र प्रयोगकर्ताको डेटा चोरेको अभियोगमा जरिवाना तिराइएको हो । मेटाले बजारमा आफ्नो वर्चश्वको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । जरिवाना सन् २०२१ मा ह्वाट्स एपको गोपनीयता नीतिसँग सम्बन्धित छ ।
जरिवानाको साथै सीसीआईले मेटामाथि उसको प्लेटफर्ममा जम्मा पारेको प्रयोगकर्ताका डेटा पाँच वर्षसम्म विज्ञापनका लागि मेटाका अन्य कुनै प्रडक्ट वा कम्पनीसँग शेयर नगर्न पनि आदेश दिएको छ । यो समयसम्म कम्पनीले सुधारको दिशामा जरुरी कदम उठाउन र त्यसलाई लागू गर्न पनि आदेश दिइएको छ ।
समाज
थप सामाग्री-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
२३ घण्टा अगाडि
4.3kViews 412 Shares Share on Facebook Share on Twitter काठमाडौं। नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको घडी नजिकिँदै जाँदा सत्ता,…



