गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।उनले भने, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।” नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । रासस
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



