लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो, जस अरूले लिइरहेका छन्ः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् ।

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गरे ।

‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने ।

महासचिव पोखरेलले भारतबाट विद्युत् आयात गरेर नेपालबाट लोडसेडिङको युग अन्त्य गरेको तर्क गरे ।

‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं,’ उनले भने ।

लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्दै पोखरेलले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’

उनले एमालेले रेलको कुरा गर्दा सुरुमा गिज्याएपनि पछि सबैले चुनावी घोषणापत्रमा रेलको एजेन्डा उठाउन थालेको बताए ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
149 Shares