रवि र छविसहित १० जनाविरुद्ध पुःन पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका हुन् । सहारा बचतको रकम अपलचनमा संलग्न लामिछाने र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पूरक जाहेरी दिएका थिए ।साहाराबाट गोरखा मिडियामा अवैध तरिकाले रकम गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पूर्व गृहमन्त्री लामिछाने र जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…