ओली सरकार एक रातमै ढल्न सक्छः विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताएका छन् । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले कूटनीति तरिकाले ओली सरकार नटिक्ने बताएका हुन् । हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उनले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताए ।
‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो रु देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उनले प्रश्न गरे ।
संसदमा क्रान्ति गर्ने मानिसलाई खिल्ली उडाउने, बदनाम गर्ने प्रयास भइरहेको प्रति उनले आक्रोश पोखे । विप्लवले १७ हजारको बलिदानीपछि आएको व्यवस्थामा माओवादी आन्दोलनले सोचेको यही हो भनेर प्रश्न उठाए ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



