अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका नेताको मृत्यु

राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशीलाई उनको आदेशमा मारेको बताए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘मेरो निर्देशनमा हिजो राती अमेरिकी सेनाले उत्तरपश्चिम सिरियामा अमेरिकी जनता र हाम्रा सहयोगीहरूको रक्षा गर्न र विश्वलाई सुरक्षित स्थान बनाउन सफलतापूर्वक आतंकवाद विरोधी अभियान सञ्चालन गरेको छ।’राष्ट्रपति बिडेनले आफ्नो ट्वीटमा थप लेखेका छन्, ‘हाम्रा सशस्त्र सिपाहीहरूको बहादुरीलाई धन्यवाद, हामीले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरैशीलाई मैदान-ए-जंगमा मार्यौं। यस अपरेशनमा संलग्न सबै अमेरिकीहरू सुरक्षित रूपमा फर्किएका छन्। आज बिहान यस मुद्दामा अमेरिकी जनतालाई सम्बोधन गरिनेछ। भगवानले हाम्रा सैनिकको रक्षा गरून्।’
सिरियामा घटनास्थलमा पुगेका सहायता कार्यकर्ताहरूले विपक्षी नियन्त्रित सहर अतामेहमा भएको आक्रमणमा छ बालबालिकासहित १३ जनाको मृत्यु भएको बताएका छन्।यस क्षेत्रमा धेरै अमेरिकी हेलिकप्टर अवतरण गरेको बताइएको छ। यो क्षेत्र उत्तरी इदलिब प्रान्तमा पर्छ। टर्कीसँग जोडिएको यस क्षेत्रमा अमेरिकी कारबाही मध्यरातमा भएको हो।
त्यहाँ अमेरिकी सेनाले कडा विरोधको सामना गरेको स्थानीय स्रोतले बताएको छ। अमेरिकी सेनालाई विमान विरोधी बन्दुक र अन्य भारी हतियारले आक्रमण गरेको थियो। करिब दुई घण्टासम्म गोलीबारी र तोपको आवाज आइरहेको थियो।इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादीलाई मार्ने सैन्य कारबाहीपछिको यो अमेरिकी सेनाको उत्तरपश्चिम सिरियामा अहिलेसम्मको सबैभन्दा ठूलो सैनिक कारबाही भएको बताइएको छ।
यो सम्पूर्ण क्षेत्र जिहादी समूहको गढ हो। टर्की समर्थित विद्रोही पनि यस क्षेत्रमा सक्रिय छन्। यो समूह इस्लामिक स्टेटको कट्टर विरोधी हो।
ह्वाइट हेल्मेट भनेर चिनिने सिरियाली सिभिल डिफेन्सले एक विज्ञप्तिमा आफ्ना मानिसहरू दिउँसो ३:१५ बजे घटनास्थलमा पुगेको बताएको छ।संगठनले आफ्नो विज्ञप्तिमा छ बालबालिका र चार महिलासहित १३ जनाको शव निकालेको जनाएको छ। बीबीसी हिन्दीको सहयोगमा
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
-
परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा

आज जेठ ३० गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
2.9kViews 433 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विगतका निर्णयले…