गृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।
गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताएका छन । दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको बताएका छन ।
‘यो सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं “।
आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलै मध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनुहो । हामी स्थितरका लागि सरकार बनाएका छौं ।,
जनतामा डेलिभरीको समस्या छ । यसमा धेरै कुराहरु जोडिएको छ । धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको छ । महगि, दुर्घटना, लागुऔषध, अपराध,उपभोग देखि गिटी बालुवाको अबैध उत्खनन् समेत गृहमन्त्रालय मातहत जोडिने भएकाले यी विषयमा चनाखो भएर काम गर्न आवश्क रहेको छ ।
शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने् सेवाको स्थिती सुदृढ गर्न कुनैपनि सम्भझौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन । अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन । लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो । अपराधकर्ताको व्यवस्था होइन् । व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको विचमा दोस लगाउने खालको गतिविधिीमा केन्द्रित हुनुपर्ने बताए । सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रीत हुन पर्ने बताए ।
भ्रष्टाचार र अपधार नियमन्त्रमा कुनै सम्झौता हुँदैन् । अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनु पर्छ । हाँसेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुने बताएका छन । काम कसरी सम्पन्न गर्न सकिन्छ भन्न्ेमा मात्रै केन्द्रित हुनुपर्ने बताए ।
कर्णाली सबैभन्दा धेरै सम्भावना र अवसर बोकेको प्रदेश हो । केही भौगोलिक विकटताका कारण पछि परेकाले यसमा सबैले ध्यान दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीज्यूहरु आउने एक महिनामा के प्रधावकाररी काम गर्न सक्नु हुन्छ । सोच बनाएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिप्पणी गर्ने अवस्था आएको बताएका छन । आजदेखी वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दे मुख्यमन्त्री कडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणि गर्ने बाटो खुलेको धारणा समेत राखेका छन ।
संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरि कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कडेलले बताए ।
समाज
थप सामाग्री-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
-
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
आईजीपी दानबहादुर कार्कीको दर्ज्यानी क्षण : फाटेको झोलादेखि देशको सुरक्षा जिम्मेवारीसम्मको प्रेरणादायी यात्रा
१ दिन अगाडि
2.6kViews 163 Shares Share on Facebook Share on Twitter काठमाडौं । फाटेको झोला छिमेकी भोटे–दमाई दाईलाई टाल्न दिएर त्यही थोत्रो…



