इटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।
देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो ।
पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनको प्रतिक्षामा थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।
यो आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ ।
गोली चलेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा पर्खाल नाघेर भाग्न खोजेकाहरुलाई गोली लागेको देखिन्छ ।
यो आक्रमण स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालमा भएको हो । यो अस्पताललाई स्थानीय रुपमा जनरल हस्पिटल भनेर चिनिन्छ । यो हाइटीको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो । हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च महिनादेखि यो अस्पताल बन्द छ । त्यति वेला प्रधानमन्त्री एरियल हेनरी सत्ताच्युत हुनुपरेको थियो ।
हाइटी द्वन्द्वको चपेटामा छ । एक महिना अगाडि पनि राजधानी पोर्ट ओ प्रिन्समा हिंसा भड्किँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो ।
त्यसको केही समयपछि नै एलिक्स डिडिएर फिल्स एमेले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



