एसइईका लागि परीक्षा आवेदन फाराम खुल्यो
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) २०८१ पौष १२ देखि २०८१ माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन आग्रह गरेको छ ।सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले उल्लेखित सूचना बमोजिम विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका कार्यहरूमा सम्बन्धित प्रदेश अन्तरगतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



