विशेष अदालतमा न्यायाधीश फेरियो, थारुको सरुवा
काठमाडौँ । न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष अदालतमा लामो समयदेखि रहेका न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ। थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। उनको स्थानमा विदुर कोइरालालाई तोक्न परिषद्ले सिफारिस गरेको हो । परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ ।
थारु विशेष अदालतमा मुख्य न्यायाधीश श्रीकान्त पौडेलको टिम हुँदादेखि कायम थिए । परिषद्ले यसपटक उनलाई सरुवा गरेर कोइरालालाई ल्याएको हो । विशेषमा अहिले टेकनारायण कुँवरको नेतृत्वमा रहेको छ। विशेषमा कुँवरसहित पाँच जनाको टोली रहेको छ।
विशेषमा तेजनारायणसिंह राई, रामबहादुर थापा ,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्य रहेका छन् । विशेषमा कम्तीमा दुई वटा इजलास गठन हुनेगरी ६ जना न्यायाधीशको दरबन्दी रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दाहरू विशेषले सुनुवाइ गर्ने गर्दछ । विशेषले पछिल्लो समय निकै प्रशंसायोग्य काम गरिरहेको भनी प्रधानन्यायाधीशले नै तारिफ गर्दै आएका छन् । विशेषले पुराना मुद्दाहरू सकेको छ भने कम्तीमा ६ महिना पुराना मुद्दा मात्र बाँकी राखेको छ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



