प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
उनीमाथि कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । त्यसको विरोधमा आइतबार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापकविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।
उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको थियो । प्रदर्शनकारी विद्यार्थीहरूले प्रशासन कार्यालयमा दबाब दिँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।यता विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
333 Shares