आज पौष २१ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पुर्याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ। केहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ। पढाईमा अवरोध आउने छ। आज कुनै निर्णय खराब हुन सक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने छन्। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। राम्रै फाइदाको योग छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ। सोचेको समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- हड्डी, नशा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम सजक रहनु होला गोपनियतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरुका लागि दिन राम्रो छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पति पत्नी बीच विवाद बढ्नेछ। घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। प्रेमको बन्धन कसिने बेला छ। बोलीको भरमा काम सम्पादन हुने योग छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्ने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । सन्तान वा अनुयायीले प्रसन्नता
दिलाउनेछन्।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ। प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- हाड जोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला। अरुको विश्वास सजिलै जित्न सकिनेछ। बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



