यस्तो रहनेछ आजको मौसम

काठमाडौंको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ।

बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो। काठमाडौंको आकाश बिहानैदेखि सफा रहेका कारण तापक्रम केही घटेको हो।बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन  भएको थियो। शुक्रबार पनि सोही हाराहारीमा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।

आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो  लाग्न सक्ने मौसमविद् झा बताउँछन्।

पश्चिमतिरबाट चिसो हावा ल्याउने प्रणाली आयो भने तापक्रम घट्ने हो। तीन दिनसम्म त्यस्तो प्रणालीहरू विकसित हुने देखिएको छैन। त्यसकारण तापक्रम विस्तारै बढ्न सक्ने सम्भावना रहन्छ,’ उनले भने।

मध्य माघ पार भइसकेकाले पनि तापक्रम विस्तारै उकालो लाग्ने प्रक्रिया सुरू हुने उनको भनाइ छ।

एक सातामा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?

एक साताअघि शुक्रबार  काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
433 Shares