अर्घाखाँचीका विभिन्न स्थानमा चोरी
काठमाडौँ । ललितपुर र अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीमा सञ्चालित शितगंगा नगरपालिका-२ फलाचौर बस्ने ४६ वर्षीय ओम बहादुर गुरुङको गंगा तमु होटलबाट साढे ३ तोला सुन र नगद ३ लाख ९५ हजार रुपैयाँ चोरी भएको हो ।
त्यस्तै, सन्धिखर्क नगरपालिका-७ खाँचीखोला बस्ने ४१ वर्षीय रवि थापाको सूर्यदय होटलबाट नगद ८० हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाई छ । शितगंगा नगरपालिका-२ मुलाबारी बस्ने ३६ वर्षीय विष्णु रेस्मीको मेला होटलबाट नगद १६ हजार रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ ।
यता, ललितपुरको महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने ओम बहादुर बिकको घरबाट नगद २ लाख रुपैयाँ बिहीबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



