संघीय संसदको हिउँदे अधिवेशन सुरु, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने छन् ।
त्यसपछि बैठकमा ६ वटा अध्यादेश समेत पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दैछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दैछन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दैछन् ।
समाज
थप सामाग्री-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
२३ घण्टा अगाडि
4.3kViews 412 Shares Share on Facebook Share on Twitter काठमाडौं। नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको घडी नजिकिँदै जाँदा सत्ता,…



