काठमाडौँ उपत्यकाको वायुमण्डल तुवाँलोले भरियो
काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक अस्वस्थकर सूचीमा पुगेको छ ।
सोमबार दिउँसो १ बजे वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यू एयर) अनुसार काठमाडौँको वायु गुणस्तर १८४ एक्यूआइ रहेको जनाइएको छ । चिसो याममा काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर नै हुने गरेको छ । वातावरण विभागका अनुसार आइतबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ १५० भन्दामाथि रह्यो । साँझ ६ बजे ललितपुरको भैँसेपाटीको एक्यूआई उपत्यकाकै सबैभन्दा धेरै १६४ थियो ।
वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्ने विभागले उल्लेख गरेको छ ।
वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना, सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो रहेको विभागले जनाएको छ ।
नेपालमा मङ्सिरदेखि जेठसम्म अर्थात् ६ महिना वायु प्रदूषण उच्च हुने गरेको जानकारहरू बताउँछन् । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवम् श्वासप्रश्वास तथा मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्दछ । यस्तो समयमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



