श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताए । उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको बताए । नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे ।
उनले भने, ‘अहिलेको अवस्थामा मुलुकमा छाएको एक खालको जुन निराशा छ, यो विशेष गरेर रोजगारसँग जोडिएको छ । मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रमशक्ति मुलुकको श्रम बजारमा आउँदैछ । तर त्यो श्रम बजारको व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौँ । जसको कारणले हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटामा परेका छौँ । जसले विभिन्न किसिमका विकृतिहरू पनि जन्माएको छ ।’
मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको सुरुवात भएको बताए । विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



