जनताको चाहनालाई दमन खोजे अप्रिय दुर्घटना हुनेछ : कमल थापा
काठमाडौं ।अस्थिर राजनितीको भरपुर फाइदा उठाउँदै कमल थापा नेतृत्वको राप्रपा नेपालले जनताको चाहना र भावनालाई दमन खोजे अप्रिय दुर्घटना हुने चेतावनी दिएका छन ।
थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो चेतावनी दिएको हो । बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा जनताको बलियो समर्थन रहेको निष्कर्ष निकालेको छ ।फागुन २५ को काठमाडौंको जनप्रदर्शनलाई ऐतिहासिक ठहर गर्दै बैठकले यो जनआवाजलाई सम्बोधन गर्न राजनीतिक दलहरूलाई आग्रह पनि गरेको छ। जनभावना दबाउने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पनि दिइएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको चाहना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ। यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ।’
समाज
थप सामाग्री-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
-
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
आज कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
२३ घण्टा अगाडि
4.4kViews 344 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अरूको भर…



