साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
मस्को । रुसको राजधानी मस्कोमाथि मङ्गलवार बिहान ठुलो मात्रामा ड्रोन आक्रमण भएको छ । साउदी अरबमा अमेरिका र युक्रेनी प्रतिनिधिमन्डलहरूले शान्ति वार्ता थाल्न केही घण्टा अघि यो आक्रमण भएको हो ।
रुसी सुरक्षा बलले कम्तीमा ६९ वटा युक्रेनी ड्रोनहरू खसालेको मस्कोका मेयर सर्गेई सोब्यानिनले भनेका छन् । यस आक्रमणको क्रममा मस्को वरपरका रामेन्स्की र डोमोडेडोभो जिल्लाहरूमा मात्रै कम्तीमा ११ वटा ड्रोनहरू खसालिएका थिए ।
ड्रोनको आक्रमणमा परेर मस्कोमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको रुसी अधिकारीहरूले भनेका छन् । यस समयमा, मस्कोतर्फ अघि बढिरहेका धेरै ड्रोनहरूलाई सुरक्षा बलले ध्वस्त पारेको उनले बताए ।
यो आक्रमण रुसले युक्रेनमाथि आक्रमण गरेयताको सबैभन्दा ठुलो भएको बताइएको छ । यस समयमा भ्नुकोभो, शेरेमेत्येभो र झुकोभस्की विमानस्थलहरूमा उडानहरू अस्थायी रूपमा रोकिएको थियो ।
डोमोडेडोभो रेलवे स्टेसनमा रेल सेवा पनि अस्थायी रूपमा अवरुद्ध भएको थियो । एउटा भवनको छानामा सामान्य क्षति पुगेको छ । मङ्गलवार साउदी अरबमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोसमेतको टोलीले युक्रेनी प्रतिनिधिमण्डल भेट्दै छन् ।
वार्तामा रुससँगको शान्ति समझौताका लागि युक्रेन के कस्तो कुरा सहन तयार छ भनेर रुबियोले सुन्न चाहेका छन् । युक्रेनले रुसले कब्जा गरेका केही भूभाग माया मार्नु पर्ने रुबियोले भन्दै आएका छन् ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



