नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिक लक्षित गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताए ।
मंगलबार हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले स्वास्थ्य सेवालाई सहज र गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको उनको भनाइ छ ।
उनका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ । हाल देशमा मुटु रोग सम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकारले त्यस तर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ ।
स्वास्थ्य सेवालाई राजनीतिकरण गर्न बन्द गर्नुपर्ने मुख्यमन्त्री लामाले आग्रह गरे । राजनीति नेतृत्वको सुझाव र समन्वयमा आम नागरिकहरूमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफ लागि परेको बताए । विभिन्न संघ संस्थासंगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।
हेटौँडा अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याव सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘स्वास्थ्य सेवा विस्तार र प्रभावकारितामा सरकारले लगानी गरिरहेको छ । प्रदेशकै ठुलो अस्पतालको रूपमा हेटौँडा अस्पताललाई विकास गर्न उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘प्रदेशका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन टेलिमेडिसिन मार्फत सेवा प्रदानको काम थालिएको छ । प्रदेशमा २ वटा ट्रमा सेन्टर सञ्चालनको योजना अनुसार काम भइरहेको छ भने स्थानीय तहका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रदेश सरकारले समन्वय र व्यवस्थापनको काम थालिएको छ ।’
कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा। डा। प्रदीप ज्ञवाली प्रादेशिक अस्पतालको सेवा बिस्तारसँगै निरन्तरता महत्त्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ डाक्टरलाई अस्पतालमा २ वर्ष टिकाउन पर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार नीतिगत रूपमा प्रतिष्ठानमा सङ्काय निर्माण गरेर डाक्टरको दरबन्दी कायम गर्छौ । हेटौँडा अस्पतालमा कार्डियो सेवासँगै क्याथ ल्याव निर्माणको तयारीमा प्रतिष्ठानले काम अघि बढाउने उनले बताए । अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्न तलव, प्रशासनिक कार्य एकद्वार बनाउने तयारी भइरहेको उनले बताए ।
स्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । आगामी वर्षबाट प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमका सञ्चालनको लागि ७५ प्रतिशत बजेट सुनिश्चित गर्नपर्ने भएकाले सरकारले उपयुक्त निर्णय गर्नुपर्नेमा उनले जोड दिए । उनले रिसर्च बेस कार्यक्रमका लागि प्रतिष्ठान तयार रहेकाले सरकारले उपयुक्त वातावरण तयार पार्न सरकारलाई आग्रह गरे ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



