स्ववियु निर्वाचन : अहिलेसम्म ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनका लागि ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएका छन् । ती क्याम्पसहरूमा एक पदमा एउटा मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । तर, सम्बन्धित क्याम्पसको निर्वाचन समितिले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
निर्वाचन कार्यतालिकाअनुसार २८ गते उम्मेदवारहरूको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । त्यसपछि २९ गते अपराह्न ४ बजे प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । एक जनाको मात्रै उम्मेदवारी परेकाहरूको हकमा निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने बेला नै विजयी घोषणा गर्नेछ ।
विभिन्न संगठनहरूबाट प्राप्त विवरण अनुसार हालसम्म नेपाल विद्यार्थी संघ नेविसंघले हालसम्म देशभरका ३३ वटा क्याम्पसको स्ववियु अध्यक्ष निर्विरोध जितेको छ । नेविसंघ प्रवक्ता सुरज सेजुवालले हालसम्म ३३ वटा क्याम्पसमा नेविसंघले निर्विरोध निर्वाचित भएको बताए ।
त्यस्तै अनेरास्ववियुले हालसम्म ३० वटा कलेजमा स्ववियु अध्यक्षसहित विभिन्न पदमा निर्विरोध निर्वाचित भएको छ । अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले हालसम्म ३० वटा कलेजमा स्ववियु अध्यक्षसहित विभिन्न पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएको बताए ।
त्यस्तै अखिल क्रान्तिकारीले हालसम्म २५ वटा क्याम्पसहरूको स्ववियु अध्यक्षसहित विभिन्न पदमा निर्विरोध निर्वाचित भएको छ । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले हालसम्म २५ क्याम्पसमा निर्विरोध निर्वाचित भएको विवरण आएको बताए ।
कतिपय क्याम्पसहरूमा उनीहरूका पुरै प्यानल नै निर्वाचित भएका हुन् । काठमाडौँ उपत्यकाका २२ वटा त्रिविका आङ्गिक क्याम्पसहरूमध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रकृया अवरुद्ध भएको छ । नेपाल ल, शंकरदेव, पद्यमकन्या, सरस्वती क्याम्पस, पब्लिक यूथ क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको हो ।
स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल ९क्रान्तिकारी० बहुमत लगायत विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले ३०० भन्दा बढी क्याम्पसहरूमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
समाज
थप सामाग्री-
त्याग र साहसका प्रतीक गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदै
-
आज कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
२३ घण्टा अगाडि
3.8kViews 267 Shares Share on Facebook Share on Twitter काठमाडौं। काठमाडौं महानगरपालिका र प्रशासनबीचको पछिल्लो तनाब पुनः सतहमा आएको छ।…



