यस्तो छ आज सुनचाँदीको मुल्य
काठमाडौँ । बुधबार सुनको मूल्यमा प्रति तोला ६ सय र चाँदी ३० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
गत सोमबारको तुलनामा ५ सय घट्दा मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी उच्च मूल्यमा पुगेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो। यसअघि सोमबारका तुलनामा तोलामा १५ रुपैयाँ घट्दा मंगलबार प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २९१३.७८ डलर छ। चाँदी प्रतिऔंस ३२.७४ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस २८९७.७८ डलर र चाँदी ३२.१८ डलरमा कारोबार भएको थियो।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.6kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



