समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्यको कल्पना गरेको शिक्षा स्वास्थ्य रोजगारीमा ध्यान दिनु पर्ने बताएका छन् । उनले आज बुटवल मेयर खेलराज पाण्डेयसँग भेटघाट गर्दै सो कुरा बताएका हुन् ।
उनले पार्टीको जागरण अभियान झापा देखि रौतहटसम्म विभिन्न राम्रो स्वागत पाएको उल्लेख गर्दै बुटवलमा पनि आफूले राम्रो स्वागत पाएको बताए । उनले बुटवल मेयर पाण्डेयले राखेका तीन वटा समस्या ज्योति नगरको पहिरो नियन्त्रण, सुकुम्वासी समस्या र सामुदायिक विद्यालयको विद्यार्थीहरू धेरै हुँदा भौतिक अभाव भएको विषयमा आफू गम्भीर रहेको बताए ।
उनले सामुदायिक विद्यालयहरू विद्यार्थी कम भएको अन्यत्र मर्ज गर्ने अवस्था आएको बेलामा बुटवल विद्यार्थीहरू धेरै हुँदा थप भौतिक संरक्षण थप्ने अवस्था खुसीको विषय भएको बताए। उनले त्यसकोले लागि सक्दो पहल गर्ने बताए । उनले सुकुम्वासी समस्या बुटवलको मात्रै नभएको अन्य पनि उल्लेख गर्दे सही ढङ्गबाट समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् ।
प्रचण्डलाई बुटवल उपमहानगर पालिको कार्यालय स्वागत गर्दै मेयर खेलराज पाण्डेले ज्योति नगरको पहिरो कारणले बुटवल धेरै समस्या भएको समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए। प्रचण्डले अब बुटवल मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…