कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय

वासिङ्टन डीसी । अमेरिकाको शिक्षा मन्त्रालयले आफ्नो आकार घटाउन खोजिरहेको छ । मन्त्रालयले आफ्नो मातहतमा रहेका आधा कर्मचारीलाई कामबाट निकाल्ने योजना बनाइरहेको छ । संघीय सरकारको आकार घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको नीति अनुसार मन्त्रालयले कर्मचारीको संख्यामा व्यापक कटौती गर्न लागेको हो । यो कटौतीले करिब २ हजार १०० जना कर्मचारी प्रभावित हुने बताइएको छ ।
मार्च २१ देखि यी कर्मचारीहरूलाई जबर्जस्ती बिदामा पठाइनेछ । ट्रम्पले लामो समय देखि शिक्षा मन्त्रालय नै खारेज गर्न खोजेका थिए । तर यसको लागि उनले कंग्रेसबाट अनुमति लिनु पर्नेछ । शिक्षा मन्त्रालयको वार्षिक बजेट २ खर्ब ३८ अर्ब डलर छ । यसमा ४ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । मन्त्रालयको काम अमेरिकामा भएका विद्यालय चलाउने र पाठ्यक्रम तय गर्ने भन्ने धेरैले सोच्छन् ।
तर यस्तो होइन । १९७९ मा स्थापित भएको यस मन्त्रालयले सरकारी विद्यालयलाई कोष उपलब्ध गराउने, विद्यार्थीहरूलाई पढ्नका लागि दिने कर्जाको व्यवस्थापन र निगरानी गर्ने र न्यून आय भएका विद्यार्थीलाई सघाउने कार्यक्रमहरू चलाउँछ । विद्यालय चलाउने र पाठ्यक्रम तय गर्ने काम अमेरिकाका राज्य र स्थानीय जिल्लाले गर्छन् । प्राथमिक र माध्यमिक विद्यालयका लागि आउने रकमको १३ प्रतिशत मात्रै संघीय कोषबाट आउँछ । अधिकांश राज्य र स्थानीय समूहले जुटाउँछन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.9kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…