

पशुपतिको ऐतिहासिक अग्निहोत्रशाला वैशाखदेखि सञ्चालन हुने
विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोत्रशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। सञ्चालनका लागि अग्निहोत्री नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोत्रशाला बन्द थियो।
पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा थियो। संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनः सञ्चालन गर्न लागिएको सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
अग्निहोत्रीको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए। अग्निहोत्रशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ।
विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोत्रीले अग्निहोत्रशाला सञ्चालन गरिरहेका थिए। गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो। अग्निहोत्री परिवारकी डा. माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोत्रशाला नियमित सञ्चालन हुँदै आएको बताउँछिन्। यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाइन्।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



