गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
काठमाडौं । गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ ।स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हाल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो ।बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ उपाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ उपाध्या भन्छन् ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन् ।’ स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए ।प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ । ‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन ।’
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



