

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
मङ्गलबारे । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उनले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको स्मरण गरे । उनले भने, ‘चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको छ ।’नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएकोे उल्लेख गर्दै हाल इलामको चियाले नेपालको अन्तरराष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योग विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले विशेषगरी इलाम तथा कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवर्द्धनमा चीनले चासो राखेको बताए । सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीका लागि आयोजित तालिमको महत्वलाई पनि भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताए ।रासस
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



