भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग कर उठाँउदै सरकार

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।

राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो । मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पासबापत रकम असुली गरिँदै आएको छ । यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।

मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताउनुभयो । यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो, अहिले फेरि पैसा असुल्नु गलत रहेको उहाँको भनाइ छ । “आस्था र धार्मिक विश्वासका साथ महादेवको मन्दिरमा जाने पैदलयात्रीसँग जङ्गलको बिचमा चेक पोस्ट राखेर पैसा उठाउनु गलत हो, यो रोकिनु पर्छ, म कार्यपालिका बैठकमा यो विषय उठाउँछु,” वडाध्यक्ष बलामीले भन्नुभयो ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नं। वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताउनुभयो । मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उहाँले स्पष्ट पार्नुभयो । थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् । आजको गोरखापत्र दैनिकबाट

चन्द्रागिरिबाट काठमाडौँ उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ पनि छ । काठमाडौँ उपत्यकामा चढाइँ गर्नुअघि उहाँले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
284 Shares