मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
5.8kViews
385
Shares
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।
बालबालिकाको परिचय भने खुलेको छैन । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



