

राप्रपाका अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलनको आँधिबेरी ल्याउने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।
यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलनमा जाने गरी समिति बनेको थियो । उक्त समितिमा राप्रपाकै उपाध्यक्ष रवीन्द्र मिश्र पनि सदस्य सचिव थिए भने अध्यक्ष लिङ्देन सदस्य थिए ।
उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको निर्णयमा भनिएको छ– ‘राप्रपाले राजसंस्था, हिन्दूराष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ ।
यता, राप्रपा नेपालले नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय गरेको छ।
बैठकको निर्णयमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसात् गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर श्री नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ।
नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्नेछन् । उक्त समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा तन मन र धनले सहभागी हुन राप्रपा नेपालका सबै तहका निकाय र भातृसंगठनहरूलाई राप्रपा नेपालले आह्वान समेत गरेको छ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१४ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



