परिक्षाको मुखैमा मधेश सरकार एसईई परीक्षा प्रक्रियाबाट टाढीयो
जनकपुरधाम– मधेस प्रदेश सरकार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियाबाट अलग भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस सरकार माध्यमिक शिक्षा परीक्षा प्रक्रियाबाट अलग भएको जानकारी दिएका छन् ।
सरकारले परीक्षालाई निष्पक्ष, मर्यादित र पारदर्शी बनाउन केन्द्राध्यक्ष नियुक्तिका लागि गोलाप्रथा अपनाउने नीति तय गरेको थियो तर, सो निर्णयविपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएपछि प्रदेश सरकारले आपत्ति जनाउँदै एसईई प्रक्रियाबाट अलग भएको मुख्यमन्त्री सिंहले बताए ।
‘परीक्षा प्रणालीलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउने उद्देश्यले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले निर्देशिका होइन, नियमावलीलाई आधार मान्नुपर्नेमा जोड दिएको थियो । यद्यपि, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको शिक्षा परीक्षा समन्वय समितिले प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने निर्णय लिएको छ, जुन प्रदेश सरकारलाई अस्वीकार्य छ ।’ मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा एसईई परीक्षाको गरिमा बढाउन खोजिरहँदा केन्द्राध्यक्ष चयन प्रक्रियामा भएको हस्तक्षेप दुर्भाग्यपूर्ण रहेको बताए ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



