नाइजेरियामा राजनीतिक सङ्कट : रिभर्स राज्यमा सङ्कटकाल घोषणा

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,’ राष्ट्रपतिले भनेका छन् । राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताए ।राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरे । ‘यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्नेछ भन्ने मेरो दृढ आशा छ ।’एजेन्सी

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
496 Shares