
ठेचोमा भूमाफियाद्वारा खोला मिची धमाधम प्लटिङ, सम्बन्धित निकाय बेखबर

ललितपुर । ललितपुर महानगरपालिकासँगै जोडिएको गोदावरी नगरपालिका वडा नं. १२ ठेचोको कृषि योग्य जमिनका साथै खोला, कुलो र सार्वजनिक जग्गालाई भू—माफियाका एक समूहले धमाधम प्लटिङ गरी खण्डहरमा परिणत गरेका छन् ।
ठेचोको पाक्वे क्षेत्रमा रहेको कृषि योग्य जमिन र नर्कटे खोलाको सामान्य मापदण्डसमेत पूरा नगरी भूमाफियाहरुले धमाधम प्लटिङ गरेको पाइएको हो । जनरक्षाका जनप्रतिनिधिको स्थलगत निरीक्षणले खोलालाई सुरुङ बनाउँदै धराप अबस्थामा खोलाको मापदण्डमा बाटो बनाई प्लटिङ गरी धमाधम जग्गा विक्री वितरण गर्दै आएको पाइएको छ ।

राज्यले तोकेको खोलाको सामान्य मापदण्डलाई समेत बेवास्ता गरी खोलाको दुबैतर्फ झण्डै १५—२० फिट अग्लो वाल लगाई सुरुङ जस्तो बनाई भूमाफियाहरुले खोलाको दुबैतर्फ बाटो बनाई प्लटिङ गरेको पाइएको हो । खोला बग्ने भाग दुई फिटको मात्र राखी १५—२० फिट अग्लो वाल लगाई सुरुङ जस्तो बनाएका कारण खोलामा भूलबस मान्छे वा जनावरहरु खसेको खण्डमा माथि आउनै नसक्ने र सोही कारण मृत्युसमेत हुनसक्ने अवस्था रहेको जो कसैले देख्न सक्छ ।

यो विषयलाई लिएर गोदावरी नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष जगतबहादुर महर्जनलाई सम्पर्क गर्दा उनले भने, ‘मलाई यस बारेमा जानकारी छैन, खोला या कुलो के हो, नक्सा हेरेपछि थाहा हुन्छ’ भन्दै तर्किए । तर, सोही वडाको दुई पटक निर्वाचित भई वडा अध्यक्ष भइसकेका व्यक्तिलाई सो बारे जानकारी नभएको भन्दा कतै उनैको संरक्षणमा खोला, सार्वजनिक जग्गा र खेती योग्य जमिन दोहोन भइरहेको त छैन भन्ने चासोको विषय बनेको छ ।
यस्तै गोदावरी नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख मुना अधिकारीलाई ९८५१२३५४०० मा सो प्लटिङको विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा उनले फोन उठाइनन् ।

उपमेयर अधिकारीले अनुगमनको नाटक रच्दै कुरा नमिले पछि गत वर्ष प्लटिङ स्थलमै गई डोजरको चावी खोसेको नगरपालिकाभरि चर्चाको विषय बनेको थियो । त्यसपछि उपमेयर अधिकारीले ललितपुर क्षेत्र नं. १ नेपाली कांग्रेस पार्टीका जिम्मेवार नेताले प्लटिङवालासँग सेटिङ मिलाई पाँच लाख रुपैयाँ लिई उपमेयर अधिकारीलाई खुमलटारस्थित ट्रिनिटी होटलमा भेटी १ लाख रुपैयाँ दिई डोजरको चाबी सो नेताले लिई प्लटिङवालालाई बुझाएको स्रोतले दाबी गरेको छ ।
ठेचोको प्लटिङको नाममा भएको सार्वजनिक जग्गा, खोला, कुलोको बारे जनरक्षाले अनुसन्धान गरी थप समाचार प्रकाशित गर्दै जाने छ ।
समाज
थप सामाग्री-
आज भदौ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर प्रहार : कतै खगेन्द्र सुनार परिचालित त छैनन्?
-
प्रहरी नेतृत्वविरुद्ध सांसद सुनारको निरन्तर आक्रमण : प्रश्न उठाउने अधिकार कि व्यक्तिगत स्वार्थ ?
-
तीजमा पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, विभिन्न स्थानमा तोकियो पार्किङ
-
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ नारासहित राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…





