ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जना ठहरै, एक गम्भीर
फुङलिङ । ताप्लेजुङमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चाेकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे. १ च. ५१९३ नम्बरको बोलेरो दिउँसो १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । श्रेष्ठको ढाडमा चोट लागेको बताइएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको प्रनाउ रावले जानकारी दिनुभयो ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.5kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



