बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी भएका अहिराज फरार
काठमाडौं ।पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज झाविरुद्ध जबर्जस्ती करणी(बलात्कार) मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएकोमा अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो। अहिराज फरार भइसकेका छन्।
एक २५ वर्षीया किशोरीलाई सात वर्षदेखि यौन शोषण र बलात्कार गर्दै आएको जाहेरी परेको छ। सहयोगको आवरणमा आफूलाई यौन शोषण गरेको भनेर पीडितले जाहेरी दिएकी छिन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले सो घटनामा अनुसन्धान भइरहेको बताए।
डा. अहिराजलाई २०७७ सालमा केपी शर्मा ओलीले मधेश प्रदेशको प्रमुख बनाएका थिए। पछि सरकार परिवर्तन भएसँगै उनलाई हटाइएको थियो।
उनी तत्कालीन उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिव भएका थिए। त्यसवेला पनि उनी राज्यविरुद्धको अपराध मुद्दामा पक्राउ परेका थिए। आफ्नो पत्रिकामा तराईको सशस्त्र समूहको सैन्य भर्नाकाे विज्ञापन निकालेको कसुरमा त्यसवेला पक्राउ परेका थिए।
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



