९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा

काठमाण्डौ – चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् ।वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म सङ्ख्या ५ लाख ३४ हजार ४ सय ७१ ले श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ ।

दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार, त्यसपछि मलेसिया र कुवेत नेपालीको लोकप्रिय गन्तव्यमा परेका छन् । साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमानसहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

चैत महिनामा विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् । अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ र दक्ष कामदार सङ्ख्या ८ हजार ८ सय ९९ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Facebook Comments Box
TOP
383 Shares