

माफी मागेर मन्त्री खान्न भनेपछि ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो । केही समयदेखि राज्यमन्त्री पदबाट राजीनामा दिन नेपाली कांग्रेसले तामाङलाई आग्रह गर्दै आएको थियो।उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो । तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डको बैंककमा रहेका बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । तामाङलाई के कारणले राज्यमन्त्रीबाट बर्खास्त गरिएको हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले मुख खोलिसकेका छैनन् भने उनको सचिवालयले पनि कारण दिइसकेको अवस्था छैन।साथै उनको पार्टी कांग्रेसले पनि यसबारे औपचारिक धारणा दिएको छैन।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा घिसिङमाथि ऊर्जा मन्त्री दीपक खड्काले पटक–पटक स्पष्टीकरण सोधेका थिए। त्यसबेला ऊर्जा राज्यमन्त्री तामाङ भने घिसिङलाई पूरा कार्यकाल कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा उभिएका थिए। तामाङले बताएअनुसार कुलमान घिसिङलाई पदबाट हटाउनुअघिदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट देखिन्थे । प्रधानमन्त्रीले यो कुरा परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक लगायतलाई पनि भनेका थिए। ‘म मन्त्री क्वार्टर नगई घरमै बसिरहेको थिएँ, आज अपराह्न पौने ५ बजेतिर गृहमन्त्री रमेश लेखकजीले फोन गर्नुभएको थियो– प्रधानमन्त्रीज्यूले तपाईंको राजीनामा मागिरहनु भएको छ, राजीनामा दिनुप¥यो भन्नुभएको थियो,’ तामाङले भने, ‘केपी ओलीले मलाई राज्यमन्त्री बनाएको होइन, मलाई कांग्रेस पार्टीले बनाएको हो, प्रधानमन्त्रीले माग्दैमा मैले किन राजीनामा दिने भनेर गृहमन्त्रीजीलाई भनेको थिएँ।’
कांग्रेस पार्टीले राजीनामा दिनु भनेका खण्डमा मात्रै आफूले राज्यमन्त्रीबाट राजीनामा दिने कुरा उनले गृहमन्त्रीलाई बताएका थिए। ‘मैले राजीनामा दिन्न भनेको थिएँ, हटाए होलान्, मलाई थाहा पनि छैन,’ उनले भने।राज्यमन्त्रीबाट हटाएको अद्यावधिक विवरण राष्ट्रपति कार्यालयको विज्ञप्तिमा आइसकेको विषय उल्लेख गरेपछि तामाङले आफूलाई हटाउनुका कारण खुलाए। ‘मैले कुलमान घिसिङको पक्षमा बोलिदिएको थिएँ, हटाउन हुन्न भनेर मैले भनिदिएको हो,’ उनले भने, ‘सभापति शेरबहादुर देउवाज्यू थाइल्याण्ड जाने बेला बिदाइ गर्न गएको थिएँ, त्यसबेला सभापतिले केही भन्नु भएन।’ त्यसभन्दा अघि नै परराष्ट्र मन्त्री आरजु राणा देउवाले भने आफूलाई केही सुझाव दिएको उनले बताए।‘परराष्ट्र मन्त्री आरजु राणाज्यूले चाहिँ तपाईं प्रधानमन्त्रीसँग माफी माग्न जानुस् भन्नुभएको थियो, यो कुलमान हट्नुभन्दा अघि कै कुरा हो,’ तामाङले भने, ‘केपी ओलीसँग माफी मागेर म मन्त्री खान्न भनेर भनिदिएको थिएँ।’
तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनमा रामेछाप सभापति निर्वाचित भएका थिए।उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।२०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
२ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



