सुनसरी सीमा नाकाहरूबाट संगठित तस्करी

सुनसरी । सुनसरीका विभिन्न सीमा नाकाहरूबाट संगठित रुपमा भारतीय सामानको तस्करी हुने क्रम बढेको छ । जिल्लाका लौकही, उल्टी, घुस्की, वसन्तपुर, कप्तानगञ्जसहितका नाकाबाट दैनिक रूपमा भन्सार छलेर लाखौंको सामान भारतबाट भित्रिने गरेको छ । भारतबाट विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरूका साथै पटकाजन्य पदार्थ अवैधरूपमा भित्रिने गरेको छ भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि स्थापना गरेको बीओपीकै सामुन्ने तस्करी हुने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । सुनसरीका लौकही, श्रीपुर, घुस्की नाकाबाट बढी नै तस्करीका सामानहरू नेपाल आएको व्यापारीहरूको गुनासो रहेको छ । लौकही, श्रीपुर र घुस्की नाकामा तस्करहरूको चलखेल रातदिन चल्ने गरेको छ । सीमावर्ती क्षेत्रका पगडण्डी बाटाहरूमा भारतीय मालवाहक सवारी आउजाउ गर्छन् । प्रहरी चौकी नजिकैबाट नै अवैध सामानहरू ओसारपसार भइरहेको हुन्छ, तर सुरक्षा बल चुपचाप रहन्छ । ‘बीओपी अगाडि नै मोटरसाइकल, साइकल र ट्याक्टरहरूमा सामान ल्याएर भन्सार छल्ने काम भइरहेको छ। प्रहरीहरू हेर्छन्, तर कारबाही गर्दैनन्’ एक व्यापारीले भने । सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर पछिल्लो समय लौकही, उल्टी, कप्तानगञ्ज, घुस्की नाकाबाट व्यापक रूपमा तस्करी हुँदै आएको नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले जानकारी दिए । यद्यपि यसबारे सम्बन्धित निकाय मौन बस्दै आएको छ ।
नाकाबाट सुरक्षाकर्मीलाई मोटो रकम दिएर पूजन यादव, अमित गुप्ता, पार्वती चौधरी, बच्चु पौदार, निरु राई, सीता बस्नेत, मीनालगायतले किराना सामानहरू तस्करी गराउँदै आएका छन् भने भारतीय कपडा व्यापारी विद्यानन्द साहलगायतले कपडा तस्करी गराइरहेका छन् ।यस्तै जिल्लाको भण्टाबारी नाकाबाट समेत भारतीय सामानहरू इनरुवा, इटहरी, धरान र काठमाडौंसम्म पु¥याउने गिरोह सक्रिय रहेको स्थानीयको आरोप छ । सुनसरी कार्यक्षेत्रमा खटिएका एसपी निर्मलकुमार थापा र लामो समय पूर्वका विभिन्न नाकामा बस्दै आएका डिएसपी केदारजंग थापाको ठूलै सेटिङ रहेको छ । सशस्त्र प्रहरीका डिएसपी थापाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका स्थानीय तहसँग स्रोत–साधन जुटाउन पनि खोजेको स्रोतले जनाएको छ । लौकही, श्रीपुर,घुस्की नाकाबाट चिनी, मैदा, कपडा, रजनीगन्धा, गुट्खा, मोबाइल, कपडा, मदिरा, पेट्रोललगायत सामग्रीहरू दैनिक रूपमा ओसारपसार हुने गरेको छ ।
भन्टाबारी नाकाबाट कपडालगायत दैनिक उपभोग्य वस्तु तस्करी हुने गरेको पाइएको छ। भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट दैनिक लाखौं राजस्व छलेर विभिन्न सामान नेपाल भित्र्याउने गरेको जनाइएको छ। भन्टाबारी नाकामा सेतुबन्ध भन्सार कार्यालय र सशस्त्रको बोर्डर आउटपोस्टबाट चौबिसै घण्टा प्रहरी परिचालन हुने गरेका छन्। तर, तस्करले भन्सार कर्मचारी र सशस्त्रकै मिलेमतोमा भन्सार छली करोडौंका सामान भित्र्याउने गरेको स्थानीय दीगम्बर यादवले बताए। ‘नाकामा प्रहरीले कडाइ नगरेका कारण तस्करीले प्र श्रय पाएको हो’, उनले भने। भन्टाबारी नाकाबाट काठमाडौं, वीरगन्जलगायत स्थानका पसलको भ्याट बिल प्रयोग गरी तस्करले भारतको वीरपुर हुँदै तस्करीको सामान भिœयाउने गरेका छन्। ती व्यवशायीका अनुसार सीमा क्षेत्रको दसगजामा तस्करहरुले दिनभरी सामान गोदाममा राख्ने गरेको र रातीभएपछि नेपाल ल्याउने गरेका छन् । रातीको समयमा सशस्त्र प्रहरीले गस्ती गरेझै गरेपनि उल्टै सुरक्षा दिइरहेको ती व्यवसायीको आरोप छ । केही महिना यताबाट धनकुटाबाट आउने गाजा बराबद नहुनुमा पनि आश्चर्यचकित परे ।

Facebook Comments Box
TOP
194 Shares