तीन जिल्लाका सीडीओ फेरिए, को-कहाँ ?

काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । गृह मन्त्रालयले आइतबार सीडीओ हेरफेर गरेको हो । मन्त्रालय मातह गरेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाएको छ ।गृहमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पठाइएको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ ।
त्यस्तै, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ । गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

Facebook Comments Box
किन भएन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश कार्यान्वयन ? बालेन पथ : जसरी अप्रत्यासित प्रख्याती, उसैगरी पतन मार्गमा लम्कीँदै
२ दिन अगाडि

4.7kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशकै राजधानी काठमाडौं शहरको प्रमुखमा चयन हुनु, त्यो पनि…

TOP
207 Shares