
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

भक्तपुर, १६ वैशाख । मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
आज भदौ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर प्रहार : कतै खगेन्द्र सुनार परिचालित त छैनन्?
-
प्रहरी नेतृत्वविरुद्ध सांसद सुनारको निरन्तर आक्रमण : प्रश्न उठाउने अधिकार कि व्यक्तिगत स्वार्थ ?
-
तीजमा पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, विभिन्न स्थानमा तोकियो पार्किङ
-
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ नारासहित राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…





