खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडाैं | ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय खमबहादुर गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई केही दिन अगाडि मात्रै बर्खास्त गरिएको थियो ।राज्यमन्त्री नियुक्त गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
298 Shares