अपहरणकारि मल्ल १० वर्षपछि पक्राउ

13.9kViews
0
Shares
बाँके माघ २३ । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार नेपालगंज उपमहानगरपालिका-१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका-१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको घटनामा फरार रहेका उनी गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…