भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ
काठमाडौं माघ २३ ।अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ मधुमल्ल वतन भएका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिका स्थायी वतन भएका ३० वर्षीय मान सिंह विश्वकर्मा र झापा शिवसताक्षी नगरपालिका-९ मिलनचोक वतन भएका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ वतन भएका ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् ।
जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप, मान सिंह विश्वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । “
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



