सिन्धुपाल्चोक मा बन्यो सुविधासम्पन्न १५ शैय्याको अस्पताल

सिन्धुपाल्चोक, २४ माघ

सामान्य स्वास्थ्य सेवा लिन लामो दूरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको भन्दै इन्द्रावतीका स्थानीय खुसी भएका छन् । २५ हजार ५ सय १८ जनसंख्या रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जम्मा १२ वटा वडा रहेका छन् ।

विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो । तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको भन्दै स्थानीय दंग देखिन्छन् ।

नवलपुर प्राथमिक अस्पतालमा सेवा लिन आएकी विमला अधिकारी भन्छिन्, ‘ओपिडीमा गएर डाक्टरलाई भेटेँ । एक्सरे र रगत परीक्षण गर्न पाउँदा निकै खुसी छु । पहिले यही कामको लागि दिन धुलिखेल पुग्नुपर्थ्यो ।’

गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बागमती प्रदेश सरकारको सहयोगमा बनेको हो ।  नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निमार्ण सम्पन्न भई सेवा दिन सुरु गरेको भएको छ ।

आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सो अस्पतालको उद्घाटन गरेका छन् । मन्त्री लामाले अस्पतालको लागि आवश्यक जनशक्ति र उपकरणको लागि आफूले स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्थापन गर्दै जाने  बताए ।

अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । प्राथमिक अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न एमडिजिपि डाक्टर ,प्रशासनिक कर्मचारीसहित २१ जना कर्मचारी आवश्यक पर्ने भन्दै सो को व्यवस्थापनमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताए ।

५ करोड ६० लाखमा ठेक्का लगाए पनि सो अस्पतालको भवन न्यु ड्रागन पवित्र मल्टिपल डेभिड कम्पनीले दुई वर्षमा ५ करोड ७८ लाख लागतमा निर्माण पुरा गरेको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए । ३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ ।

इन्द्रावती गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी तामाङ जनशक्ति र उपकरणमा स्वास्थ्य मन्त्रीले विशेष जोड दिएमा नागरिकले पाउने सेवा सुविधामा पहुँच पुग्ने बताउँछिन्  ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
Shares