

म्यानहन्ट इन्टरनेशनल नेपाल-२०२५ को उपाधि स्वस्तिक ढकालले जिते
काठमाडौं- म्यानहन्ट इन्टरनेशनल नेपाल २०२५ को उपाधि स्वस्तिक ढकालले जितेका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालकै सबैभन्दा पुरानो पुरुषहरुको सौन्दर्य प्रतियोगिताको १४औं संस्करणको सो प्रतियोगिता जित्न ढकाल सफल भएका हुन् । यश सँगै अब ढकालले विदेशमा आयोजना हुने म्यानहन्ट इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।नेपालकै पहिलो पुरुष सौन्दर्य प्रतियोगितासमेत रहेको यो प्रतियोगिताको १४औँ संस्करण वैशाख १३ गते शनिवार ठमेलस्थित जिएए हलमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा श्रीजेश जोशीले मिस्टर इन्टरनेशनल नेपाल २०२५ को उपाधि जितेका थिए भने केलिशन बज्राचार्यले मिस्टर कस्मोपोलिट नेपाल २०२५ को उपाधि हातपारे ।प्रतियोगितामा रुजित दुवालले फर्स्ट रनर्सअप तथा रिभन कुँवरले सेकेण्ड रनर्सअपको उपाधि जिते ।प्रतियोगितामा विभिन्न प्रतिस्पर्धिहरुले विभिन्न शीर्षक उपाधिहरुसमेत जिते । जस अनुसार किरण जोशीले मिस्टर डिसिप्लिन, जीवन बिकले मिस्टर ट्यालेन्ट र फ्रेण्डशीप, रुजित दुवालले मिस्टर फोटोजेनिक तथा पर्सनालिटी, तिलक जोशीले मिस्टर स्टाइलिस, रिभन कुँवरले मिस्टर पपुलर, केलिशन बज्राचार्यले मिस्टर पब्लिक भ्वाइस, श्रीजेश जोशीले मिस्टर सुपरमोडल तथा सफिक राज भूजुले मिस्टर फिजिकको उपाध जिते ।
सन् १९९५ देखि प्रारम्भ भएको यो प्रतियोगिता नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेसन र मोडलिङ क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ । यो प्रतियोगितमाा नेपालभरिका आकर्षक तथा प्रतिभाशाली युवाहरूको सहभागिता रहेको थियो ।
आयोजक संस्थाले जनाए अनुसार म्यानहन्ट इन्टरनेशनल नेपालको मूल उद्देश्य भनेको नेपाली युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फेसन तथा मोडलिङ उद्योगमा प्रोत्साहन गर्नु, अवसर सिर्जना गर्नु र उनीहरूलाई उदाहरणीय नागरिकका रूपमा विकास गर्नु हो ।
प्रतियोगिताका संयोजकले विजेताहरूलाई वधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउन सफल हुने विश्वास व्यक्त गरेका छन् । साथै, आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र प्रभावकारी बनाउने लक्ष्य पनि सार्वजनिक गरिएको छ ।
यो प्रतियोगिताका विजेताले म्यानहन्ट इन्टरनेशनल तथा मिस्टर कस्मोपोलिट जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउने छन् ।
आयोजक संस्थाले भनेको छ- ‘देशको सबैभन्दा पुरानो पुरुष अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये एक भएको नाताले, हाम्रो मूल मन्त्र भनेको नेपालको युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फेसन तथा मोडलिङ उद्योगमा अवसर सिर्जना गर्नु हो। साथै, प्रतियोगीहरूलाई प्रेरणादायी रोल मोडल तथा उदाहरणीय नागरिक बन्ने गरी प्रशिक्षण दिनु पनि हाम्रो उद्देश्य हो ।’
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





