सनकदार अधिकृतको रहर , रेशम चौधरी पाँच घण्टा थुनिँदाको सनसनी

काठमाडौं । रेशम चौधरीलाई कारागार फर्काउने अनधिकृत पत्र तयार गर्ने महिमान विष्टले आफूले पत्र लेखेको स्वीकार गरेका छन्। सर्वोच्च अदालतका एक शाखा अधिकृतले अदालत स्वयम् र प्रहरीलाई समेत फसाइदिएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने आदेश लिएर प्रहरीमा पुगे । बिहान १० बजे त्यही आदेशले कारागार पुगेका चौधरी सर्वोच्चकै अर्को पत्रका आधारमा साँझ नै छुटे । टीकापुरको कर्तव्य ज्यानसहितका मुद्दामा सरकारले कैद मिनाह दिएर रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई विष्टले तयार गरेर बुझाएको पत्रकै आधारमा प्रहरीले बुधबार पक्राउ गरेको थियो।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला ‘यस्तो हुन्छ’ भन्ने ठोकुवा गर्दै सर्वोच्चका अधिकृतले लेखेको किर्ते पत्रलाई आधारभूत रूपमा पनि परीक्षण नगरी प्रहरीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई करिब पाँच घण्टा जेलमा राखेको छ ।सर्वोच्च अदालतको पत्र कारागार र प्रहरीलाई बुझाउन पनि उनी आफै उपस्थित भएका थिए। रेशमलाई प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागारमा राखिसक्दा पनि सर्वोच्च अदालतका प्रवक्ता भने जानकार थिएनन्। उनले के भएको भन्ने कुरा आफूले बुझिरहेको बताएका थिए। तर उनले बुझिसक्दा रेशमलाई बाँकी कैद भुक्तानका लागि भन्दै कारागारमा राखिसकिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा बिहान करिब ११ बजे सर्वोच्च अदालतको एउटा पत्र लिएर अदालतकै शाखा अधिकृत महिमानसिंह विष्ट पुगे । १७ गते नै मिति उल्लेख गरिएको चलानी नम्बर १९२७७ नम्बरको पत्र लिएर विष्ट आफैं प्रहरीमा पुगेका हुन् । सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाबाट जारी गरिएको पत्रमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी कसुरका अभियुक्तलाई थुनामा पठाउने सम्बन्धमा भनिएको छ । ती अभियुक्त हुन रेशम चौधरी । जो २०७२ सालमा कैलालीमा नाबालकसहित ८ सुरक्षाकर्मी मारिएको घटनामा तीन वटै तहका अदालतबाट दोषी ठहर भएका थिए । चौधरीलाई २०८० सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी लिएर कारागारबाट निकालिएको थियो । तिनै चौधरीलाई थुनामा पठाउनुपर्ने भन्दै सर्वोच्चबाट डिल्ली बजार कारागारको नाममा जारी पत्रमा प्रहरी महानिरीक्षकलाई बोधार्थ लेख्दै राज्यभर जहाँ भए पनि पक्राउका लागि सहयोग मागिएको छ । सर्वोच्च अदालतका सम्बन्धित महाशाखाकै अधिकृत पत्र लिएर पुगेपछि प्रहरी पनि दोहोरो बुझ्नतिर लागेन ।
सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई अदालतका अधिकृत र प्रहरी मिलेर डिल्लीबजार जेल पु¥याएका थिए ।सर्वोच्चको लेटरहेडमा गएको पत्रमा भनिएको थियो, ‘यस अदालतको पूर्ण इजलास वा संवैधानिक बृहत् पूर्ण इजलासबाट शीघ्रातीशीघ्र सो आदेशमा फैसलाद्वारा आवश्यक कारबाही हुने नै हुँदा र मु.नं. ९८०–ध–००२६ को रिट निवेदक भारती शेर्पा प्रत्यर्थी राष्ट्रपतिको कार्यालय शीतलनिवास काठमाडौं, रिगल ढकालसमेत भएको मुद्दा मिति २०८०÷०७÷१६ मा फैसला भएको व्याख्या, नजिरको कैदी पुर्जीसमेत अनुसरण गरी न्यायिक कारबाही हुने र सो फैसलापछि श्री कैलाली जिल्ला अदालतबाट पुनः जारी हुने नै हुँदा हाललाई निज प्रतिवादीलाई नियमानुसारको सिदाखर्च दिई कैदमा राख्नुहुन यस अदालतको मिति २०८०।०२।०२ को फैसलाअनुसार अनुरोध छ ।’
तर विष्टले अनधिकृत रुपमा पत्र लेख्ने कार्य गरेको, अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अदालतको छाप, लेटर प्याड र पदको दुरुपयोग गरी पत्राचार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।विष्टलाई नियन्त्रणमा लिएर सर्वोच्चले अनुसन्धान एवं कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ। सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर बुझाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारीहरूले विष्टसँग सोधपुछका क्रममा उनले रेशमलाई थुनाउने पत्र आफैँले लेखेको स्वीकार गरेका छन्। फौजदारी अपराध संहिताको दफा, ८४ बमोजिम झुठा जानकारी दिएको कसुरमा १ वर्षसम्म कैद, आदेशको अवज्ञा गरेको आरोपमा दफा, ८७ अनुसार ६ महिना कैद र दफा, २७६ बमोजिम कीर्तेमा पनि मुद्दा चलाउन सकिने प्रहरीलाई भनेको छ ।

Facebook Comments Box
किन भएन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश कार्यान्वयन ? बालेन पथ : जसरी अप्रत्यासित प्रख्याती, उसैगरी पतन मार्गमा लम्कीँदै
२ दिन अगाडि

4.7kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशकै राजधानी काठमाडौं शहरको प्रमुखमा चयन हुनु, त्यो पनि…

TOP
125 Shares