

वाइसीएल नुवाकोटमा सहमति विफल, वैशाख २२ मा निर्वाचन — दिनेश अधिकारी (राजा) बलियो उम्मेदवारको रूपमा अगाडि
नुवाकोट, वैशाख १७ नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाइसीएल नेपाल नुवाकोटको नेतृत्व चयन प्रक्रिया अब निर्वाचनमार्फत टुंगो लगाइने भएको छ। जिल्ला अधिवेशनमा सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि निर्वाचनको बाटो खोलिएको हो। वैशाख १३ गते वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उद्घाटन गरेकाे अधिवेशनमा प्रारम्भिक रूपमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी थियो। तर नेताहरूले आ–आफ्ना पक्षधर कार्यकर्ताहरूलाई नेतृत्वमा ल्याउने प्रयास गरेपछि सहमति जुट्न सकेन।
हितबहादुर तामाङ, हिरानाथ खतिवडा लगायत नेताहरूले आफ्ना नजिकका कार्यकर्तालाई अघि सार्दा वातावरण थप जटिल भएको थियो। यसैबीच, केही गाउँपालिका अध्यक्षहरूले पनि संगठनमा प्रभाव जमाउने उद्देश्यले आफ्ना पक्षधर युवाहरूलाई उम्मेदवारीमा उभ्याएको भन्दै गुटबन्दीको आरोप लागेको छ। गुटगत दबाब, शक्ति प्रदर्शन र योग्यताभन्दा नातावादको हाबी प्रवृत्तिका कारण विवाद चुलिएको थियो।
निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै केही दिनका लागि प्रक्रिया रोकिएको थियो। तर अब निर्वाचन वैशाख २२ गते हुने निश्चित भएको छ। प्रमुख निर्वाचन अधिकृत राजाराम थपलियाका अनुसार मतदान विदुर नगरपालिका–५, पिपलटारस्थित पोष्ट बहादुर बोगटी स्मृति पार्कमा बिहान ८ बजे सुरु हुनेछ। सोही दिन निर्वाचनसम्बन्धी अन्य जानकारीहरू पनि सार्वजनिक गरिनेछ। यसबीच, अध्यक्ष पदका लागि दिनेश अधिकारी ‘राजा’ बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। संगठनभित्र लामो अनुभव, कार्यकर्ताबीच लोकप्रियता, र नेतृत्व क्षमताका आधारमा उनीप्रति अपेक्षा बढेको छ। प्रतिनिधिहरूको उत्साह र समर्थन ‘राजा’तर्फ देखिँदै गएको छ। निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा अब नेतृत्वको जिम्मा कसले सम्हाल्ने भन्ने अन्तिम निर्णय मतपेटिकाबाट हुने भएको छ।
समाज
थप सामाग्री-
आचार्यको ‘आरोह अवरोह’ विमोचन
-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२२ घण्टा अगाडि
1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…



