आर्मीभित्र दलाली गर्न सम्धी नै छिरेपछि …!

काठमाडौं । राष्ट्रको सुरक्षार्थ खटिनु पर्ने वा, देशहितमा लाग्नु पर्ने नेपाली सेना यतीबेला उसको उद्देश्य अनुरुपभन्दा पनि नाफामुलक व्यवसायतिर अग्रसर भइरहेको पाइन्छ । विभिन्न ठाउँका सडक निमार्णदेखि अन्य ठेक्कापट्टामा पनि उसले आफूलाई अग्रसर तुल्याइरहेको देखिन्छ । उत्तर – दक्षिण दुवै शक्तिशाली देशसँग सुरक्षा चुनौतिको सामना नै गर्नु नपर्ने नेपाली सेनाले देश र जनताको हितका लागि सिन्को नभाँची नाफामुलक व्यवसायमै मात्र चासो देखाउनु दुर्भाग्य हो ।
नेपाली सेनाले आफूलाई व्यवसायतर्फ अग्रसर गराउन थालेको निकै भइसक्यो । तर, बहालवाला चिफले त नेपाली सेनाले गर्ने ठेक्का पट्टा तथा सप्लायर्सका लागि कन्ट्रयाक्ट मिलाउन दलालका रुपमा आफ्नै सम्धीलाई नै अग्रसर तुल्याएको पाइएको छ । समाचार स्रोतका अनुसार यादव कुँवर नामका पुराना गाडी (रिकन्डीशन) का खरिदविक्रीको धन्दावाल यादव कुँवरलाई नेपाली सेनाभित्र हुने सबै किसिमका खरिदविक्री तथा सप्लाईका एजेन्टलाई घरघरमै गएर भेटेर रकम संकलन गर्न अघोषित एजेन्टकै रुपमा नियुक्ति गरिएको हल्ला/चर्चा आर्मी हेडक्वाटरभित्र व्यापक छ ।
बहालवाला सैनिक चिफ अशोक सिग्देलका छोराले आफ्नी छोरी विवाह गरेपछि रिकन्डीशन धन्दामा सक्रिय साङ्लेखोलातिरका यादव कुँवरको यतीबेला धन्दा परिवर्तन भएको छ । हिजो आज उनको दैनिकी नेपाली सेनाभित्र हुने ठेक्कापट्टा तथा सप्लाईको एजेन्टसँग मिटीङ्ग गर्ने र उनीहरुसँग स्वार्थपूर्ण डिल गर्नै फुर्सद छैन । आफ्नो प्रस्ताव स्वीकार्य भए काम मिलाइदिने भन्दै कुँवरले ती एजेन्टसँग अग्रिम मोटो रकम असुल्ने गरेको स्रोतले बतायो । त्यसरी रकम बुझाउनेहरुकै प्रस्ताव अनुसार ‘इस्पेसिफिकेशन’ अनुरुपकै ठेक्का स्वीकृत गरिदिन थालेपछि यतीबेला आर्मी हेडक्वाटरमा भएको सम्धी-सम्धी गठजोडले व्यवसायीबीच खैलाबैला मच्चाएको छ ।
एजेन्टबाट मोटो रकम हात पारेपछि सम्धी कुँवरकै प्रस्ताव अनुसार कसलाई कुन ठेक्का वा सप्लाईको काम दिने हो, त्यो पूर्व योजना अनुसार नै ठेक्का उपलब्ध गराउन थालिएपछि प्रतिस्पर्धाका नाममा गरिने विज्ञापनलाई ‘कुरीकुरी’ जस्तै पारिएको छ । ‘इस्पेसिफिकेशन’ अर्थात् स्याम्पल परिक्षणका नाममा ल्याव टेस्टबाटै प्रतिस्पर्धीको प्रस्ताव अस्वीकृत गराएर स्वार्थअनुसार ठेक्का उपलब्ध गराइदिन थालेपछि आर्मी हेडक्वारभित्र खैलाबैला मच्चिन थालेको मात्रै छैन, सैनिक चिफमाथि समेत नैतिकताको प्रश्न खडा भएको छ ।
स्मरणीय छ, तत्कालिन आर्मी चिफ राजेन्द्र क्षेत्रीलाई समेत यीनै कुवँरले चारित्रिक विवादमा तानेका थिए । कुँवरकै योजना अनुसार चिफको निवास ललितपुरस्थित शशी भवनमा भुकम्पका बेला भएको क्षतीको पूनर्निर्माण उनैले सिफारिस गरेको निर्माण कम्पनीलाई दिँदा ठूलै आर्थिक वेइमानी भएको थियो । त्यो हल्ला र चर्चा अझै पनि आर्मी हेडक्वारभित्र सेलाउन नपाउँदै अहिले सम्धी-सम्धीको गठजोडले आर्मी हेडक्वाटर आर्थिक सवालमा डुङडुङती गन्हाउदै गएको छ । त्यो दुर्गन्धले आर्मी चिफ अशोक सिग्देलको नाकमा कहिले ठक्कर दिने हो कुन्नी ?

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
347 Shares