

‘ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन’
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरु एमालेमा फर्कन लागेको दुस्प्रचार गरिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाण्डेले बजेट बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिन जाँदा एमालेमा फर्कन लागेको प्रचार भएको भन्दै असन्तुष्टी जनाए। संसद् विघटन गरेर अपराध गरेको भन्दै उनले ओलीले माफी नमागेसम्म आफूहरु एमालेमा फर्कने सम्भावना नरहेको प्रष्ट पारे।
‘…कम्युनिष्ट पार्टीको अध्यक्षले विना कारण, कुनै सरसल्लाह नगरी, कहीँ निर्णय नगरी संसदलाई विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बिचमा एकता हुँदैन,’ उनले भने।
आफूहरु गलत निर्णयसँग सहमत हुन नसक्ने भन्दै उनले एमालेसँग मिल्न चाहनेहरुलाई ‘बाटो तताउन’ भने। पाण्डेले भने, ‘कोहीकोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला, मिल्न पाए हुने भन्ने लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी त्यो गलत निर्णयसँग सहमत हुन सक्दैनौं।’
समाज
थप सामाग्री-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
-
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
-
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी
-
बाबु एआईजी, छोरी एपीएफ इन्स्पेक्टर : सेवा र समर्पणको प्रेरणादायी कथा
आज वैशाख ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
3.3kViews 302 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद…



