उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।
समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा छ ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



